पुल्चोकमा एकादशी मेलाको रौनक (फोटो फिचर)

दुलेगौंडा

तोरण तार्ने फूलको डोली । भजनकिर्तन, पञ्चेबाजामा नाँचगान । सेती नदीमा स्नान र पुजाअर्चना । घरायसी सामाग्रीको किनमेल ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ मा पर्ने पुल्चोकस्थित शुक्ला हिलेटारमा हरिबोधनी एकादशी मेलाको रौनक निकै देखिन्छ । गाउँ गाउँबाट एकादशी मेला भर्न आएकाहरुको भीड ठेलमठेलम भयो । मंगलबार दिनभर पुल्चोक क्षेत्र जाग्यो ।

शुक्ला हिलेटार शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीका अनुसार पछिल्लो वर्षमा एकादशी मेलाको रौनक फर्किदैछ । यो वर्ष ५ वटा तोरण सेती नदीमा तारिएको उनले बताए । गतवर्ष पनि ५ वटा नै तोरण ल्याइएको थियो । ‘गतवर्ष भन्दा पनि व्यस्थित तरिकाले मेला लाग्यो’, उनले भने ।

विगतमा निकै गुल्जार हुने पुल्चोकको एकादशी मेला २०७० सालपछि भने सुस्ताएको थियो । केही वर्ष यता शुक्लागण्डकी नगरपालिकाले मेला भर्नलाई सार्वजनिक विदा नै दिने गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.