५ पटकको च्याम्पियन थ्रीस्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा

पोखरा

पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स फुटबल क्लब उज्केविस्तान फाइनल प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा पाँच पटकको विजेता थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स फाइनल पुगेको हो ।

खेलको २४ औं मिनेटमा कुभोन्चभिक ओलीमोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लियो । पहिलो हाफ १–० को गोल अन्तरमा सकियो ।
दोस्रो हाफमा ब्ल्याक बुल्सले थप तीन गोल थपेको हो । खेलको ५८ औ मिनेटमा असिफबेक ओरिफजोनोभले गोल गरे । त्यसको ५ मिनेटपछि ६३ औं मिनेटमा सभ्काटजोन सत्तोरोभले अर्को गोल थपे ।

खेलको ८७ औ मिनेटमा साइडजामोल दावलतजोनोवको गोलसँगै ब्ल्याक बुल्सले ५ पटकको च्याम्पियन थ्रीस्टारलाई स्तब्ध बनाउन सफल भयो ।
ब्ल्याक बुल्सले अब फाइनलमा ६ पटकको विजेता नेपाल पुलिस क्बलसँग मैदान साट्नेछ ।

पुलिसले क्याराभानसहित ६ पटक उपाधि जितेको छ । ४पटक उपविजेता बनेको छ । पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास रचेको छ । पुलिस २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो ।

माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.