पुलिसलाई रोक्दै ब्ल्याक बुल्स बन्यो आहा राराको नयाँ च्याम्पियन

पोखरा

पहिलो पटकको सहभागितामै उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो । पुलिस यसअघिका ६ संस्करणको विजेता टोली हो ।

खेलको ४० औं मिनेटमा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभले पहिलो गोल दर्ता गराए । ५८ मिनेटमा असिलबेक ओरिफजोनोभले अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याए । साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गर्दै थप अग्रता दिलाए । पुलिसको तर्फबाट शिशिर चौधरीले ७४ औं मिनेटमा सान्तवना गोल फर्काएपनि थप गोल हुन नसक्दा उपविजेतामा सीमित भएको छ ।

सहारा क्बल पोखराले आयोजना गरेको २४ औं संस्करणको उपाधि जितेर पुलिस सर्वाधिक सात पटकको विजेता बन्न चाहान्थ्यो । तर, पहिलो पटक सहभागि बनेको ब्ल्याक बुल्सले इतिहास रच्यो ।

उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार हात पारेको छ । उपविजेता पुलिस ६ लाख १ हजार रुपैयामा चित्त बुझाउन बाध्य भयो ।
पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हरायो । सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलसम्म आइपुगेको हो । पुलिसका कप्तान राम वाजीले रणनीति अनुसार खेल्दै उपाधि पोल्टामा पार्ने बताउँछन् ।

ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकप खेल्न पोखरा आएको हो । बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न आएको उसले अर्को पाहुना टोली भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

सेमिफाइनलमा सानदार खेल्दै उसले आहा रारा पोखरा गोल्डकपमा पाँच पटकसम्म उपाधि जितेको थ्रीस्टारलाई ४–० गोल अन्तरले रोक्दै पुलिससँगको भिडन्त पक्का गरेको हो ।

यसपाली आहा रारा पोखरा गोल्डकपमा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो ।

अहिलेसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि पुलिसले र मनाङले समान ६/६, थ्रीस्टारले ५, संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १÷१ पटक उचालेका छन् । नयाँ च्याम्पियनका रुपमा ब्ल्याक बुल्सले इतिहास बनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.