पोखरा
ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा अन्तिमा चारमा सुरक्षित भएको छ ।
मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा अर्को पाहुना टोली सिक्किमको थन्डरबोल्ड नर्थ युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको ३८ औं मिनेटमा लागि इस्लोम्जन अब्दुकोडिरोभ ब्ल्याक बुल्सका लागि पहिलो गोल गरे । दोस्रो गोलको योगदान ७३ औं मिनेटमा लागि इस्लोम्जन अब्दुकोडिरोभ सयदज्मोल दब्लाजोनोभले दिए । त्यसको दुई मिनेटपश्चात शाब्कात्जोनले गरेको प्रहारमा गोलमा परिणत भएपछि खेल ३–० को स्थितिमा पुग्यो ।
ब्ल्याक बुल्स अन्तिम चारमा प्रवेश गरेसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । फागुन १ गते हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र ब्ल्याक बुल्स भिड्नेछन् ।
माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।