विश्वप्रकाशको प्रश्नः गद्धीमा ल्याएर राजा रख्नेवित्तिकै देशको कल्याण हुने हो ?

तनहुँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा राजा आउने सम्भवना नरहेको जिकिर गरेका छन् । राजतन्त्र फर्कनेमा राजा र जनता दुवै भ्रममा नपर्न उनको अनुरोध छ ।

शनिबार नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्री कार्यसमिति क्षेत्र नम्बर २ तनहुँको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजा गद्धीमा फर्कदैमा देशको कल्याण नहुने तर्क गरे । ‘मल आउँछ की आउदैन भनेको पख राजा आएपछि आउछ ! राजा आएपछि मल आउछ ? राजा आएर मल आउने भए पहिला पनि हुन्थ्यो’, उनले भने ।

उनले सिडियो कार्यालयको काममा भएको ढिलाई राजा आएपछि छिटो नहुने प्रस्टोक्ति दिए । ‘सारा यत्रो केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानीय तहका यत्रा सरकार÷जनप्रतिनिधि सारा लाग्दै गर्दा पनि नेपालका कयौं समस्याहरु हल गर्न सकेका छैन’, महामन्त्री शर्मा भन्छन्, ‘अब यो पद्धती छोडेर गद्धीमा ल्याएर पछाडि फर्किएको श्रीपेच लगाएर एउटा राजा राख्नेवित्तिकै देशको सबै कल्याण हुन्छ ? त्यो हुदैन ।’

शर्माले थपे, ‘हामी पनि भ्रममा रहनुहुन्नँ । र नागार्जुनमा रहेका पूर्वराजालाई पनि हामीले बुझाउनपर्छ ।’ उनले फागुन २५ मा राजावादीले काठमाडौंमा गरेको प्रदर्शन भन्दा ठूलो चैत ५ गते स्ववीयु निर्वाचनमा विद्यार्थीले खसालेको मतको प्रर्दशन ठूलो रहेको बताए । सबै क्याम्पसमा गणतन्त्रवादीहरुको जित भएको उनको जिकिर छ ।

‘फागुन २५ गतेको एकै ठाउँमा जुलुस भो । क्यामेरामा पनि अट्यो । चैत ५ गतेपनि यो देशमा प्रदर्शन भाछ’, उनले भने, ‘त्यो प्रर्दशन भनेको सडकमा निस्केर नारा जुलुस भर प्रदर्शन भाको होइन । यो देशका सचेत विद्याथीहरुले पढ्दै गरेको कलेजमा प्रत्येक विद्यार्थीको हातमा मतपत्र दिएर उनले प्रर्दशन गरेको मत भनेको काठमाडौंमा भाको प्रर्दशनभन्दा ठूलो हो की होइन ?’ महामन्त्री शर्माले राजावादीको पक्षमा कति मत खसेको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको फेसबुक वालमा हेर्नसमेत आग्रह गरे ।

शर्माले आगमी महाधिवेशनमा को सभापति आउँछ भन्दापनि कमजोरी चिनेर कांग्रेसलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । चियाचौतारी र चोकमा बसेर पार्टीका विरुद्धमा टिकाटिप्पणी नगर्न उनको सुझाव छ । त्यसको सट्टा पार्टीका कार्यालय वा बन्द कोठामा बसेर मन्थन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो आनीबानी सुधारेर सेवाभाजमा लाग्नुपर्नेमा जोड दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.