थानीमाईमा नेपाल वन पैदावार उद्योग व्यवसायीको वृक्षारोपण

तनहुँ

तनहुँको भानु नगरपालिका– ७ स्थित बसन्तपुरको थानीमाई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । आइतबार नेपाल वन पैदावार उद्योग व्यवसायी संघ तनहुँले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । करिब ३५० विरुवा रोपिएको छ ।

वातावरणमा संरक्षणमा योगदान पु¥याउने उदेश्यले कार्यक्रम गरिएको नेपाल वन पैदावार उद्योग संघ तनहुँका अध्यक्ष दीपबहादुर श्रेष्ठले बताए । केवल रुख काटेर मात्र नहुने, त्यससँगै बिरुवा रोप्ने र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले वन क्षेत्रमा बुढा रुखहरू उपयोग नहुँदा खेर गइरहेको उल्लेख गरे । सरकारले विदेशी काठ, युपीभीसी र आल्मुनियमका सामानहरू आयातमा जोड दिनुले देशको अर्थतन्त्र कमजोर बनेको बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत काशीराज पण्डितले वर्षमा कति बिरुवा रोपियो भन्नेभन्दा पनि कति संरक्षण गरियो भन्ने कुराले वृक्षारोपणको सार्थकता देखाउने बताए।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, भानु नगरपालिका–७ का वडा सदस्य सन्तबहादुर थापा, थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले वातावरण संरक्षणमा संस्थाले गरेको कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सूर्यबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल, सहित संस्थाका पदाधिकारी र सदस्यहरू लगायत स्थानीयहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सिग्देलले राखेका थिए भने सञ्चालन सचिव सदाशंकरले गरेका थिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.