राईपुरको ढल्याबरमा उत्खनन् गर्ने ठेकेदारलाई अझै भएन कारबाही

तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ राईपुरको ढल्याबरमा अवैध उत्खनन् गर्ने निर्माण कम्पनीलाई अझै कारबाही हुन सकेको छैनन् । फागुन अन्तिम साता इञ्जिनियरसहितको टोलीले नापजाँच गरेर आएपनि अझै कारबाही हुन नसकेको हो ।

ढोरवाराही मोटरमार्ग अन्तर्गत साँखे–थुम्कीडाँडा सडक खण्डको कालापत्रेको ठेक्का पाएको अकेला एटलन्टिक जेभीले कौढुंगा गाउँको फेदीको ढल्याबर भन्ने स्थानमा खेत सम्याउने भन्दै मस्त ढुंगाको उत्खनन् गरेको थियो । यो विषयमा फागुन २८ गते तनहुँ खबरमा ‘शुक्लागण्डकीमा ठेकेदारको मनलाग्दी उत्खनन्, मौन जनप्रतिनिधि !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि नगरपालिकाबाट नापजाँच टोली खटिएको तीन हप्ता हुदाँसमेत कारबाही हुन सकिरहेको छैन । न त थप उत्खनन्का लागि अनुमति नै नगरपालिकाले दिएको छ ।

अकेला एटलन्टिक जेभीले त्यहाँबाट १५ सय घनमिटर बढी उत्खनन् गरेको प्राविधिक टोलीले कार्यपालिकालाई प्रतिवेदन बुझाएको छ । तर, समाचार तयार पार्दासम्म उसलाई कारबाही भएको छैन ।

गण्डकी प्रदेश सरकारले तोकेको दररेट अनुसार प्रतिघनमिटर ढुंगा, गिट्टी, बालुवाको ३१७ रुपैयाँ ८८ पैसा तिर्नुपर्ने हुन्छ । त्यसमा भ्याट र अग्रिम कर भुक्तानी लाग्छ । विना अनुमति अवैध तरिकाले उत्खनन्का गर्नेलाई लाग्ने शुल्कमा २५ प्रतिशत जरिवाना लिने प्रावधान रहेको छ ।
राईपुरको ढल्याबरमा उत्खनन् गरेको अकेला एटलन्टिक जेभीले शुक्लागण्डकी नगरपालिकाले कारबाही गरेको खण्डमा ७ लाख रुपैयाँको पेरीफेरीमा राजस्व दाखिला गर्नुपर्ने हुन्छ ।

बुधबार शुक्लागण्डकी नगर कार्यपालिकाको बैठकले कारबाही गर्ने निर्णय गरेको अनुगमन समितिसमेत रहेका उपमेयर खुमबहादुर विक ‘राजु’ ले बताए । राईपुरकै जस्ता प्रकृतिको उत्खनन् भएको अन्यन्त पनि जरिवाना लगाउने निर्णय भएको उनको भनाइ छ । कहिलेसम्म नगरपालिकाले कारबाही गर्छ अझैं टुंगो भने छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.