भानुभक्तको स्ववीयु सभापतिमा मिनबहादुर भर्सेस एजिना

दुलेगौंडा–तनहुँको भानुभक्त बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानलबीच भिडन्त हुने भएको हो ।


सभापतिमा नेविसंघबाट एजिना महतले उम्मेदवारी दिएकी छन् । अनेरास्ववियुका मिनबहादुर थापा मिलनले एजिनासँग सभापतिमा प्रतिस्पर्धा गर्नेछन् ।


मिनबहादुरको प्यानलबाट सचिवमा अनेरास्ववीयु क्रान्तिकारीकी बिनिता भण्डारी, कोषाध्यक्षमा अनेरास्वीयुकी पुष्पा खड्का, सदस्यमा अभिजित लम्साल र अञ्जली विकले मनोनयन दर्ता गराए । अखिल क्रान्तिकारीबाट सुस्मिता लम्साल, सिरिया गुरुङ र निराज भण्डारीले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।


नेविसंघको प्यानलबाट सचिवमा सुनिल लामिछाने, कोषाध्यक्षमा रस्मिता कार्कीले उम्मेदवारी दिएका हुन् । सदस्यमा प्रतिक्षा गिरी, मोहित गुरुङ, मनिस परियार, रितु अधिकारी र स्वस्तिका सिग्देलको उम्मेदवारी परेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको क्याम्पसमा २६८ मतदाता रहेका छन् । चैत्र ५ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.