दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत शिक्षा परीक्षाको मौका परीक्षामा ५६ प्रतिशत उत्तीर्ण भएका छन् । १८१ जना परीक्षामा सहभागी भएका थिए ।
विषयगत परीक्षामा सामेल भएअनुसार २३८ जनाले परीक्षा दिएको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत शुसिल नरालले जानकारी दिए । त्यसमध्ये १३४ जना उत्तीर्ण भएको उनले बताए । ‘अनुत्तीर्णले कक्षा दोहो¥याएर पढ्नुपर्छ’, उनले भने ।
एसईईकै मोडलमा शुक्लागण्डकी नगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । सुरुमा ३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भए । २१ सामुदायिक र १२ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
५ विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । तीन सामुदायिक र दुई संस्थागत विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका हुन् ।
सामुुदायिकतर्फ सरस्वती नमुना माध्यमिक विद्यालय खैरेनीटार, श्रमिक आधारभूत विद्यालय नर्सरी र जनशिशुकल्याण आधारभूत विद्यालय प्यूरीदोभानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
संस्थागततर्फ ज्ञान बगैंचा इङलिस् बोर्डिङ स्कुल शेराटार र माउण्ट अन्नपूर्ण एकेडेमी खैरेनीटारबाट सहभागी सबै विद्यार्थी आधारभूत शिक्षा परीक्षामा उत्तीर्ण भएका हुन् ।