शुक्लागण्डकीलाई स्तब्ध पार्दै बौदिकालीले जित्यो भलिबलको उपाधि

पोखरा

गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदिकाली गाउँपालिकाले जितेको छ । मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै बौद्धिकालीले उपाधि रक्षा गरेको हो ।

शुक्लागण्डकी नगर उद्योग वााणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सव अन्तर्गत भएको भलिबल प्रतियोगिताको फाइनल तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा भएको थियो ।

खेलको पहिलो सेट शुक्लागण्डकीले २५–२२ अंकका साथ जित हात पा¥यो । दोस्रो सेट बौदिकालीले २५–२१ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा शुक्लागण्डकीले २५–१६ को जित दर्ता गरायो । चौथो सेटमा शुक्लागण्डकीमाथि बौद्धिकाली हावी हुदै २५–१८ को जित निकाल्न सफल भयो । पाँचौ सेटमा घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको शुक्लागण्डकीलाई १५–१० ले हराउदै बौद्धिकालीले उपाधि कब्जा गर्न सफल भएको हो ।

उपाधिसँगै बौद्धिकालीले २ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ । उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलमा शुक्लागण्डकीले स्याङजाको हरिनास गाउँपालिका र बौद्धिकालीले स्याङजाको पुतीबजार नगरपालिकालाई पराजित गर्दैै उपाधि भिडन्त पक्का गरेका थिए ।

सेमिफाइनलमा पराजित भएका हरिनास र पुतलीबजारबीच भएको खेल पुतलीबजारले जित्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । तेस्रो भएको पुतलीबजारले ५० हजार र चौथो भएको हरिनाशले २५ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा गण्डकीका १३ पालिकाको समूह सहभागि थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.