घरकै आँगनमा खेलिरहेका बालकको ज्यान चितुवाले लियो

दुलेगौंडा– तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको ज्यान गएको छ । बन्दीपुर गाउँपालिका–२ कुवादीका उत्सव गुरुङको ज्यान गएको हो ।

सोमबार साँझ घरकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएको चैतमा बन्दीपुर गाउँपालिका–२ कामीडाँडाका १० वर्षीया बालिका अनुजा विकको चितुवाको आक्रमणले मृत्यु भएको थियो । पछिल्ला वर्षहरुमा चितुवाले बालबालिकालाई निशाना बनाउदै आइरहेको छ ।

तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा चितुवाको आतंक निकै छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.