बलिदानी सहकारी प्रकरणः कर्जा अधिकृत पनि पक्राउ

पोखरा

बलिदानी बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका कर्जा अधिकृतलाई पक्राउ गरेको हो ।

स्याङजाको हरिनास गाउँपालिका–३ घर भइ हाल पोखराको आलुमाइलाचोक बस्ने २९ वर्षीय नविन भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

भण्डारी सोमबार पोखराको पृथ्वीचोकबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार जिल्ला अदालतमा मुद्वामा अभियोगपत्र माग दाबी अनुसार सजायका लागि उपस्थित गराइएको छ ।

बचतकर्ताको रकम अपचलनमा पोखरा महानगरपालिका–२३ कार्कीको तगरामा रहेको संघर्षशील बचत तथा ऋण सहकारी संस्था जोडिएको हो । बचतकर्ताको रकम हिनमिना गरेर ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराकाले आइतबार पत्राचार गरेको थियो । त्यसपछि सहकारीका अध्यक्ष ३३ वर्षीय विक्रम पाण्डे र सचिवसमेत रहेका व्यवस्थापक कमल सुवेदीलाई पक्राउ गरेको हो ।

प्रहरीले सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु नपाएका पीडित बचतकर्तालाई जाहेरी दिन अनुरोध गरेको छ । मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पुस २० गतेभित्र पीडित बचतकर्तालाई जोहरी दर्ता गर्न प्रहरीको अनुरोध गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.