पोखरा
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति आक्रोश पोखेका छन् । बालेनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गर्दै धम्काएका छन् ।
पाठकले धम्की दिदैं लेखेका छन् । ‘तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई ।’ बालेनले थयेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानविन समितिको प्रतिवेदन लुकाएको मन्त्री पाठकको आरोप छ ।
‘बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाई तिम्रो पारा ?’, उनले भनेका छन्, ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यविधी भन्दा माथि कोही हुदैन र तिमिपनी छैनौ । चार भागको एकभाग पनि पुजिगत खर्चगर्न नसक्नेका कुरै चर्का ! तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई ।’
भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै मेयर बालेनले ६ उदाहरण पेश गरेका थिए । त्यसपछि एमालेका नेता कार्यकर्ता त्यसको ‘काउन्टर अट्याक’ मा उत्रिरहेका छन् ।