दुलेगौंडा
कार्यकक्षमै वडा सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसाललाई बिल भुक्तानीका लागि दबाब दिदैं नमानेपछि सोमबार विहान कुटपिट गरेका थिए ।
गाला र घाटीमा चोट लागेका वडा सचिव भुसालको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर लगिएको छ ।
गाउँपालिकाले कानुन बमोजिम कारबाहीका लागि निवेदन दिएपछि वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । ‘कुन कसुरमा मुद्वा चलाउने पीडित पक्षको माग अनुसार हुन्छ’, उनले भने ।