पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्वामा थुनछेक आदेश तयार भइरहेको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालसमा सरकारी वकिलको जवाफी बहस सकिएसँगै थुनछेक आदेश लेखन भइरहेको हो ।
आदेश तयार भइरहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । उनका अनुसार आजै थुनछेक आदेश जारी हुनेछ ।
अदालतले आदेश तयार गर्दैगर्दा जिल्ला अदालत कास्की परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
अदालत परिसरमा रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपाली, विनिता कठायत लगायतका नेताहरु छन् ।
रवि लगायत प्रतिवादीलाई जिल्ला अदालतको थुनुवा विश्राम कक्ष राखिएको छ ।