तनहुँ– टिप्परले ठक्कर दिदा तनहुँमा स्कुटर चालकको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–६ का १८ वर्षीय मनिष आलेको मृत्यु भएको हो ।
शनिबार अपराह्न ४ बजेर ४५ मिनेटको समयमा पृथ्वीराजमार्गस्थित म्याग्दे गाउँपालिका–१ फुस्रेखोलमा टिप्पर र स्कुटर ठोक्किएका थिए । पोखराबाट दमौली जादै गरेको ग १ ख ५८७५ नम्बरको टिप्परले विपरीत दिशाबाट आउदै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरको चालक व्यास –६ का १८ वर्षीय मनिष आले र पछाडी सवार १५ वर्षीया अनिषा आले मगर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । घाइतेको उद्धार गरे प्रदेश अस्पताल दमौली लगिएको उपचारको क्रममा मनिषको मृत्यु भएको उनको भनाइ छ ।
घाइते अनिषालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।