आहा ! रारा गोल्डकपः उद्घाटन खेलमा सहारा र पुलिस भिड्ने

पोखरा
आहा ! रारा पोखरा गोल्डकपको उद्घाटनमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्बल भिड्ने भएका छन् । माघ २२ गतेदेखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको आहारारा पोखरा गोल्डकप हुदैछ ।

आयोजकले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा सहारा र नेपाल पुलिस आमनेसामने हुन लागेका हुन् ।

प्रतियोगितामा १२ टोली सहभागी छन् । सहारा, पुलिससँगै बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा आयोजक सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । यूके र आर्मीले सिधै क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।

समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । थ्रिस्टार र उजेकिस्तानले सिधै क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने तालिका छ ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन् । फेएर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।

२३ औं संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले थ्रिस्टारलाई ५–० गोलअन्तरले पराजित गर्दै जितेको थियो । २०६० सालदेखि १५ संस्करणमा सहभागी आर्मीले ४ पटक फाइनल पुगेको थियो । र गत संस्करणमा नयाँ च्याम्पियनको रुपमा उदायो ।

सहारा क्बलले २३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको आइरहेको छ । क्बलले २०५८ सालदेखि फुटबल एकेडेमी समेत सञ्चालन गरिरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.