सडन डेथको सिकार एनआरटी, चर्च पुग्यो क्वाटरफाइनलमा

पोखरा
आहा रारा पोखरा गोल्डकपमा न्यूरोड टिम एनआरी सडन डेथमा पराजित भएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलको खेलमा सडन डेथमा चर्च ब्वाइज युनाइटेडसँग पराजित हुदै एनआरटी घर फर्किएको हो ।


आहा रारा गोल्डकपको २४ औं संस्करणको तेस्रो दिनको खेलमा निर्धारित समय १–१ को बराबरीमा टुंगियो । थपिएको अतिरित्त समयमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउट हुँदै सडन डेथमा धकेलिएको हो ।


एनआरटीको रिचर्ड विल्सनले खेलको २५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा एनआरटीको अग्रता कायमै रह्यो । दोस्रो हाफको १९ औं मिनेटमा चर्च ब्वाइजका नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै बराबरीको स्थितिमा पु¥याए ।


निर्धारित समयमा १–१ को बराबरी भएपछि ३० मिनेट थपियो । त्यो समयमा गोल भएन र खेल पेनाल्टी सुट आउटमा पुग्यो । पेनाल्टीमा ४–४ को बराबरी भएपछि सडन डेथमा पुगेको हो । सडन डेथमा चर्चले ६–५ गोल अन्तरले विजयी भएको छ ।


अब चर्चले क्वाटरफाइनलमा माघ २८ गते नेपाली सेनाको त्रिभुवन आर्मी क्बलसँग प्रतिस्पर्धा गर्नेछ । भोलिको खेल विदेशी टोली थन्डरबोल्ट नर्थ युनाइडेट भारत र संकटा क्बलले खेल्नेछन् ।


प्रतियोगितामा १२ टोली सहभागी छन्। आयोजक सहारा क्लबसँगै नेपाल पुलिब क्लब, बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सहभागी टोली हुन् ।


प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन्। फेयर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.