दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको गौ संरक्षण केन्द्रमा भीषण आगलागी भएको छ । १२ बजे आसपास परालमा आगो लागेर पूरै नष्ट भएको छ ।
पराललाई सुरक्षित राख्नलाई ट्रष्ट बनाउनलाई वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । अहिले शुक्लागण्डकी नगरपालिकाको दमकल, पृथ्वीराजमार्ग जामुने पोखरा खण्डको सडकमा पानी हाल्ने ट्यांकरले आगाे निभाउने प्रयास भइरहेको छ । पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन ।
गौ संरक्षणका पशुचौपायका लागि खरिद गरेर ल्याइएकोसँगै स्थानीय सहयोग गरेको पराललाई संकलन गरेर राखिएको थियो ।
१४ ट्रक बढी पराल मौज्दात गरेकोमा जलेर नष्ट भएको शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामका अध्यक्ष होमनाथ लम्साल ‘अर्जुन’ ले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको गौसंरक्षण केन्द्र पछिल्लो वर्षदेखि शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम मातहात सञ्चालन हुदै आइरहेको छ ।