आँबुखैरेनी क्याम्पसः अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल निर्वाचित

तनहुँ

तनहुँको आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल निर्वाचित भएको छ । नेविसंघ, अनेरास्ववियुका उम्मेदवारलाई क्लिन स्विप पार्दै अनेरास्ववियुको जित दर्ता गराएको हो ।

स्ववीयु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का निशान मगर निर्वाचित भए । उनले ९७ मत प्राप्त गर्दा प्रतिस्पधी नेविसंघका बोनिस अधिकारीले ६४ मत पाए । अनेरास्ववियुकी रक्षा पोखरेलको पक्षमा ७ मत आएको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिए ।


सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का गंगाप्रसाद लामीछाने ९२ मत प्राप्त गर्दै निर्वाचित भए । नेविसंघका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुकी मोनिका खत्रीले १२ मत पाएका छन् ।


कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का करुणा गुरुङले ९० मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी नेविसंघका अविनास थापाले ५६ र अनेरास्ववियुका आशिष अधिकारीले १८ मत पाए ।

सदस्यमा मेनुका खत्री (९२), सुरे नेपाली (९२) र विज्ञा राना मगर (८५) मत प्राप्त गर्दै विजयी भएका छन् ।

२०५ मतदाता रहेको क्याम्पसमा १७५ मत खसेको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.