दुलेगौंडाको वन्केवाचोकस्थित बसमा अचेत भेटिएका वृद्धको मृत्यु

तनहुँ

कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएको वृद्धको मृत्यु भएको पुष्टि भएको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका अन्दाजी ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन् । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।

गगनगौंडाबाट उनी वन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक वान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतक गुञ्जबहादुर मुटुकोसमेत बिरामी थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.