दुलेगौंडा
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल शुक्लागण्डकी नगर कमिटीले सबै वडामा सम्मेलन गर्ने भएको छ । भदौ २ देखि ६ गतेसम्म शुक्लागण्डकीको १२ वटै वडामा सम्मेलन गर्न लागेको हो ।
वडामा सम्मेलनसँगै त्यहाँ भइरहेका भ्रष्टाचार, वेतिथिको विरुद्धमा आवाज उठाउने वाइसिएल शुक्लागण्डकीका अध्यक्ष दीपेश गुरुङले बताए । यस्तै भदौ २ गते शुक्लागण्डकी–२ मा हलेदीमा रहेको शहिद पार्कमा सरसफाइ गर्ने शुक्रबार बसेको नगर कमिटिले निर्णय गरेको छ । ‘अन्य स्थानका सहिद पार्कमा पनि सरसफाइ गर्ने निर्णय गरेका छौं’, अध्यक्ष गुरुङले भने ।
बैठकलाई सम्बोधन गर्दै वाइसिएल नेपालका केन्द्रिय महासचिव शरण सापकोटाले अब वाइसिएललाई श्रम र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए ।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य एवम शुक्लागण्डकी इञ्चार्ज खुमबहादुर विक ‘राजु’, वाइसिएल गण्डकीका अध्यक्ष थम्मन गुरुङ, नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका वरिष्ठ उपाध्यक्ष रामचन्द्र भण्डारी लगायत बैठकमा उपस्थित थिए ।