सुनको भाउ इतिहासकै उच्च

काठमाडौं

शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।

यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा यसअघि साउन ७ गते २३५० रुपैयाँको रेकर्ड बनेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.