अनेम संघ (क्रान्तिकारी) शुक्लागण्डकीको अध्यक्षमा भगवति, सचिवमा सुस्मिता

दुलेगौंडा

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा भगवति गौतम सर्वसम्मत चयन भएकी छन् । बुधबार दुलेगौंडामा भएको दोस्रो नगर अधिवेशनले गौतमको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेकपा माओवादी निकट भातृ संगठन अनेम संघ (क्रान्तिकारी) शुक्लागण्डकीको उपाध्यक्षमा उमा गुरुङ, सिता पौडेल, सचिवमा सुस्मिता विक चयन भए ।

सह–सचिवमा देउमाया सुनार, कोषाध्यक्षमा आरती सुवेदी, सहकोषाध्यक्षमा इना क्षेत्री रहेका छन् ।

अधिवेशनलाई नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, अनेम संघ (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष गिता शाही, तनहुँ अध्यक्ष देवका पुर्जा, माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य जौमाया वराल सुनार, नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समिति अध्यक्ष शरण सापकोटा, प्रेस सेन्टर नेपाल तनहुँकी अध्यक्ष अस्मिता खनाल लगायतले बोलेका थिए ।

उनीहरुले महिला विरुद्धको विभेद हटाउन माओवादी आन्दोलनले ठूलो भूमिका खेलेको उल्लेख गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.