शुक्लागण्डकीका बजार अब शनिबार पनि खुल्ने

दुलेगौंडा

शुक्लागण्डकीका बजार अब शनिबार पनि खुल्ने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै शनिबार बन्द गरिने यहाँका बजार खुला गर्न लागिएको हो ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले साउन २४ गतदेखि शनिबार पनि बजार खोल्ने निर्णय गरेको हो । साउन १६ गतेको बैठकले चाडपर्वको अवधिभर बजार खोल्ने निर्णय गरेको अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।

‘शुक्लागण्डकी नगरपालिका भित्र प्रत्येक शनिवार बन्द हुदै आइरहेको व्यपार व्यवसायहरु, आउदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्ताहरुको आवश्यकतालाई सहज बनाउन मिति २०८२ श्रावण २४ गते शनिबारदेखि अर्को सूचना जारी नभए सम्मका लागि व्यपार व्यवसाय खुल्ला गर्नु हुन अनुरोध गर्दछौं’, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जारी गरेको सूचनामा उल्लेख छ ।

विगतमा शुक्लागण्डकीको दुलेगौंडा र खैरेनीटार सोमबार बन्द गर्ने चलन थियो । पछि शनिबार बन्द गर्न थालियो । जनैपूर्णिमादेखि सातै दिन खुला हुने बजार हरिबोधनी एकादशीपछि भने हप्तामा एक दिन बन्द हुने गर्दछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.