६५८ एम्पुल लागु औषधसहित पोखराका युवक पक्राउ

पोखरा

पोखराबाट ६५८ एम्पुल लागु औषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले धादिङ घर भई कास्कीको पोखरा माहानगरपालिका–२७ रिठेपानी लामटार बस्ने २४ वर्षीय राजन गुरुङलाई पक्राउ गरेको हो ।

आइतबार साँझ लामटारस्थित गुरुङको कोठा खानतलासी गर्दा झोलामा लुकाएको अवस्थामा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताए । उनका अनुसार बुप्रिनर्फिन २५८ एम्पुल, डाइजापाम २२४ एम्पुल, फेनरागन १७६ एम्पुल गरी जम्मा ६५८ एम्पुल बरामद भएको छ । गुरुङले प्रयोग गर्ने मोबाइलसमेत बरामद गरिएको हो ।

जिल्ला अदालतबाट कास्कीबाट सोमबार लागु औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको बढाएको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ ।

शनिबार दिउँसो पोखराको प्रस्र्याङबाट १२९ एम्पुल लागु औषधसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.