ऐनापहरा दुर्घटना अपडेटः खसेको बसमा भेटिएनन थप यात्रु, दुई जना सिएमसी रिफर

पोखरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी किनारमा खसेको बसमा थप यात्रु नभएको प्रहरीले पुष्टि गरेको छ । क्रेन लगाएर दबेको बस निकालर हेर्दा थप यात्रु नभेटिएको प्रहरीले जनाएको हो ।

गोरखाबाट नारायणगढतर्फ जादै गरेको ग २ ख १०७७ नम्बरको यात्रुवहाक वस सडकबाट १५ मिटर तल मस्र्याङदी नदीको किनारमाथि बस खसेको हो । आइतबार दिउँसो ४ बजेको समयमा दुर्घटना भएको बसबाट ५ जना यात्रुको उद्धार गरिएको छ ।

तीमध्य दुई जनाको थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए । एक जनाको अवस्था गम्भिर र एकको अवस्था सामान्य रहेको छ ।
तीन जना घाइते आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपश्चात डिस्चार्जको प्रक्रियामा रहेको उनको भनाइ छ ।

बसमा १२ जना यात्रु सवार थिए । ऐनापहरा अवलोकन गरेर चितवनतर्फ लाग्ने बेलामा बस स्टार्ट गरेपछि ब्रेक नलागेको प्रहरी निरीक्षक सुवेदीले बताए । ५ जना घाइतेमध्य दुई जनालाई सडक तलबाट उद्धार गरिएको हो । अरु सबै यात्रु, चालक र सहचालक ब्रेक नलागेपछि सडकमै ओर्लिन सफल भएका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.