सोमबारदेखि च्यवनधाममा भागवत सप्ताह हुने, तयारी अन्तिम चरणमा

दुलेगौंडा

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा सोमबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव हुने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मन्दिर परिसरमा साउन २६ गतेसम्म धार्मिक महोत्सव हुन लागेको हो । यहाँ ९ वर्षदेखि साउनमा सप्ताह ज्ञान महायज्ञ हुदै आइरहेको छ ।

महायज्ञ तथा धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका अध्यक्ष होमनाथ लम्साल (अर्जुन) ले जानकारी दिए । उनका अनुसार साउन १९ गते शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गर्नेछन् । साउन २० गतेदेखि मात्रै कथा वाचन सुरु हुनेछ ।

धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने उदेश्य रहेको उनको भनाइ छ । शनिबार विहान पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिदै लम्सालले धर्म संस्कृति अनुसार रितिरिवाज जर्गेना गर्नुपर्ने बताए ।

महायज्ञ अवधिभर प्रातकालीन योज्ञ विज्ञान, दैनिक हवन,रुद्री, पाठ परायनसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प हुने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिका सचिव दुर्गादत्त सापकोटाले बताए । ग्रहशान्ति, तुलादान लगायतका कार्यक्रम हुनेछन् । पण्डित इश्वर रेग्मीद्वारा झाँकीसहित कथावाचन हुने जनाइएको छ ।

महायज्ञको अवसरमा अन्तर विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका’ विषयक प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

महायज्ञ तथा धार्मिक महोत्सवलाई सफल पार्न ठाकुरप्रसाद शास्त्रीको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति बनाइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.