अब हाटबजार विस्तार हुन्छ: शुक्र चुमान

‘अब हाटबजार विस्तार हुन्छ’
शुक्र चुमान, अध्यक्ष, आँबुखैरेनी गाउँपालिका

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित हाटबजार मुख्य रुपमा ग्रामिण वस्तीमा रहेका किसानहरु जसले अर्गानिक र रैथाने उत्पादन गर्छन त्यसलाई आम उपभोक्तको बीचमा पु¥याउने हो । र त्यहाँका जनताको आयआर्जन वुद्धि गर्ने उदेश्यले सुरु गरिएको हो । यसो गर्दा दुईवटा राम्रो हुने रहेछ । एउटा, आम जनताको रैथाने र प्राकृति उत्पादनमा सहज पहुँच भयो । दोस्रो, आम जनताले आफ्नो कहाँ लगेर विक्री गर्ने ? अन्योलताको अन्त्य भयो ।

आँबुखैरेनीको हाटबजारको विशेषता भनेकै वडा नम्बर ४, ५ र ६ छिम्केश्वरीको सेरोफेरोमा रहेको उत्पादनलाई बजारीकरण गर्ने र ब्रान्डिङ गर्ने हो । हाटबजारलाई दिगो रुपमा सञ्चाल गर्न गाउँपालिकाले सामूहिक रुपमा आउने किसानहरुलाई यातायात व्यवस्था गर्छ । रैथाने उत्पादनलाई उत्पादनका आधारमा अनुदान दिने र उत्पादन बढाउनको निम्ति विउँ, उत्पादनका लागि प्राविधिक सहयोग कार्यक्रमहरु सुरु ग¥यौं ।

पहिलो वर्ष मकैवाली सुरु गर्नेवित्तिकै हाम्रो रैथाने उत्पादन सकिन्थ्यो भने यो वर्ष बाह्रै महिना रैथाने वा प्राकृति उत्पादन नियमित आउने अवस्था सिर्जना भएको छ । यो वर्ष मासमा प्रतिकेजी २५ रुपैयाँका दरले करिब ४ लाख रुपैयाँ अनुदान दियौं । अब आउने वर्ष त्यसको दायरा बढाएको छौं । अहिले प्रतिहल १० हजार रुपैयाँ अनुदान दिने, मह, साग, गुन्द्रुकमा अनुदान दिने र बजार भेगका जनताले उत्पादन गरेको तरकारीमा प्रतिकेजीका दरले अनुदान दिने तयारीका साथ अगाडि बढेका छौं ।
अब यो हाटबजार विस्तार हुन्छ । मोटरबोट भएको स्थान र बसपार्कमा हाटबजारलाई अरु बार पनि विस्तार गर्न खोजिरहेका छौं ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.