गण्डकी कोटिहोममा बुद्ध पूर्णिमा विशेष समारोह, एक सय जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बुद्ध पूर्णिमाको विशेष धार्मिक कार्यक्रम भएको छ । महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ । हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ ।

१०० जना जेष्ठ नागरिकको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।

महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए। ‘धर्म भनेको जीवनशैली हो । यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो’, उनले भने।

प्रतिनिधी सभा संघीय संसद अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले धार्मिक शिक्षा र संस्कारको प्रवर्द्धनमा महायज्ञले सकारात्मक भूमिका खेल्ने बताए ।

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं। दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गरेका छन्। उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

नियमित हुने रक्तदान कार्यक्रममा सोमबार २८ यूनिट संकलन भएको छ । हालसम्म २७५ यूनिट रगत संकलन भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.