तनहुँ–तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याग्दे खोलामा भएको अवैध उत्खनन्को नापजाँच गरिएको छ । आइतबार नगरपालिकाबाट गएको प्राविधिकको टोली उत्खनन् भएको क्षेत्रको नापजाँच गरेको हो ।
केही समय पहिले म्याग्दे खोलामा बिना अनुमति डोजर चलाएर उत्खनन् गरिएको थियो । उत्खनन्स्थलमा अवैध तरिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्नलाई डोजर चलाएपछि गहिरो पोखरी बनेको छ । जहाँ दुर्घटनाको जोखिमसमेत देखिन्छ ।
खैरेनीटार– टुँडा रिङरोड सडक निर्माणको वाहानमा भएको अवैध उत्खनन्को विषयमा तनहुँ खबरले चैत १४ गते ‘कस्ले लग्यो म्याग्दे खोलाको माल !’ शीर्षकमा समाचार प्रकाशन गरेपछि खैलाबैला मच्चिएको थियो ।
आइतबार शुक्लागण्डकी नगरपालिकाका राजस्व शाखा प्रमुख रामचन्द्र सुवेदी, वातावरण शाखाका इञ्जिनियर भीम सुवेदी, शुक्लागण्डकी नगरपालिका–७ का सवइञ्जिनियर जीवन पौडेल, शुक्लागण्डकी–७ का वडासदस्य गिरबहादुर थापा र नगर प्रहरी प्रमुख असइ रामशरण कार्कीको टोली उत्खनन् स्थलको नापजाँचका लागि पुगेको हो ।
७०० घनमिटर बढी उत्खनन् भएको प्रारम्भिक अनुमान गरिएको छ । यकिन विवरण निकालेर कार्यपालिकामा पेश गर्ने राजस्व शाखाका प्रमुख रामचन्द्र सुवेदीले बताए । ‘हामीले उत्खनन्को विवरण निकालेर कार्यपालिकामा पेश गर्नेछौं । कार्यपालिका बैठकले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ’, उनले भने ।

बिना अनुमति खोलामा डोजर चलाएर उत्खनन् गरी ढुंगा, गिट्टी, बालुवा उत्खनन्को मतियार खैरेनीटार– टुँडा रिङरोड सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुन ‘हमाल’ हुन् । उत्खनन्को विवादको सतहमा आएपछि आफैंले रोकेको बताउँदै आएका वडाध्यक्ष खड्गसिंह थापाको पनि मिलेमतोको रहेको आशंका छ । किनकी कार्यालयबाट नजिकैको दूरीको उत्खनन्स्थलमा एक पटक पनि वडाध्यक्ष सिंह नपुग्नुले उनको समेत संग्लनता रहेको आशंका सर्वसाधरणलाई उब्जाएको छ । उसो त नगरपालिकामा उपमेयरको संयोजकत्वमा अनुगमन समिति भएपनि आइतबारको नापजाँचमा एक जना जनप्रतिनिधि उपस्थित भएनन् ।
मनबहादुर पुन ‘हमाल’अध्यक्ष रहेको उपभोक्ता समितिले पुस १६ गते शुक्लागण्डकी नगरपालिकासँग खैरेनीटार–टुडा रिङरोड निर्माणका लागि सम्झौता ग¥यो । नगरस्तरीय योजनाले बाटोको स्तरोन्नती र खोलाको कटान रोक्ने उदेश्यले झन्डै महिना दिन पहिले काम सुरु भयो । तर, बाटो सफा गर्ने वा तारजाली हाल्ने काम भएन । नदीजन्य पदार्थ उत्खनन्को दाउ हेरेका उपभोक्ता समितिका अध्यक्ष पुनको नेतृत्वले सिधैं खोलामा डोजरले लगेर उत्खनन् थाल्यो ।
उत्खनन् हुदाँ शुक्लागण्डकी नगरपालिका–७ का वडा सदस्य गिरबहादुर थापा पनि उपस्थित थिए । उनी उपस्थित भएर गन्दा ७५ टिप उत्खनन् भएको बताउँछन् । अहिले खाल्डो मात्रै छ, खनिएको पूरै ढुंगा, गिटी, बालुवा छैन । नजिकै मेलमिलाप क्रसरको छेउमा राखिएको ढुंगा, गिटी, बालुवा उनै उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुन ‘हमाल’ को योजनामा चोरी निकासी भयो । अहिले मुस्किलले ३० टिप मौज्दात गरेको स्थानमा माल देखिन्छ ।

मनबहादुरले उत्खनन् गर्न आएको डोजर टिपरले फर्कने बेलामा दुईचार टिप लगेको फिर्ता गर्ने प्रतिक्रिया दिएका छन् । कसले लगेको भन्दा लैजानेको नाम उनले खुलाएनन् । उनले फर्काउन परे फर्काउन तयार रहेको दोहो¥याइरहे । उनले गैरजिम्मेवार प्रतिक्रिया दिए, ‘लान त कता लगे थाहा भएन । मैले किन लगेको भन्दाखेरि ? बाटो प¥यो भनेको छ ।’
आफूसँग लैजाने मान्छे सम्पर्कमा रहेको तर, कस्ले लगेको थाहा नभएको बताए । मनबहादुरले थप खुलाउन नचाहेपछि उत्खनन्मा ककस्को संग्लनता छ भनेर पुष्टि हुन सकेन । तर, कारबाहीका लागि कर्मचारीले नापजाँच गरेर ल्याएपनि शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिले खुट्टा कमाउँछन् की पोल खुल्ने डरले कारबाही गर्छन त्यो समयले नै बताउनेछ ।