पोखरा बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतना

पोखरा

पोखरा बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले सहजीकरण गरे । कानुनले गर्न नहुने भनेका सबै कुरा अपराध हुने उनको भनाइ थियो । ‘साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो, जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने गर्दछ ।’ रोकाहाले पछिल्लो समय कास्कीमा मात्र नभई देशभरि साइबर अपराध बढेको बताए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण साईबर अपराध बढेको बताए । साइबर अपराधले ज्यानै पनि गएका घटना बारे उनले जानकारी गराए ।


क्याम्पस प्रमुख शिशुकला पराजुलीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत महत्वपूर्ण र जिवन उपयोगी शिक्षाको प्रदान भएको बताइन् ।
व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत विद्यार्थी संकल्प थापाले आफू पनि अनलाइन व्यवसायको स्क्याममा परेको अनुभव सुनाउँदै यस्तो खाले प्रशिक्षण सबै उमेर समूहका लागि आवश्यक भएको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.