फोनिज तनहुँको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत

दुलेगौंडा– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत चयन भएकी छन् । सोमबार दुलेगौँडामा भएको पाँचौ जिल्ला अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा नुक्त भुजेल, सहसचिवमा करिश्मा गुरुङ चयन भए । सदस्यमा भूमिका आले, मिलन तामाङ, रिमा गुरुङ र रामबहादुर धामि चयन भएका छन् ।

फोनिजको केन्द्रीय प्रतिनिधिमा प्रताप राना, किरण श्रेष्ठ र सन्तोषी श्रेष्ठ चयन भए । प्रदेश प्रतिनिधिमा सुनिता थापा, सुमन श्रेष्ठ र खड्कबहादुर आलेलाई चयन गरिएको छ ।

फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा बोल्दै फोनिजका केन्द्रीय सदस्य मिला दरैले आदिवासी जनजाती समुदायको आवाज बुलन्द पार्नुपर्ने बताइन् ।

फोनिज तनहुँका पूर्वअध्यक्ष प्रताप रानाले समयसापेक्ष पत्रकारितामा जोड दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.