सूर्यदर्शन सहकारीः धरौटी बुझाएर छुटे मीना, कृष्ण र आरती

पोखरा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्वामा धरौटी बुझाएर तीन जना रिहा भएका छन् ।

जिल्ला न्यायाधिश नीतिज राइको इजालसले हिरासतमा रहेका ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गनए आदेश दिएसँगै धरौटी बुझाएर छुटेका हुन् ।

पूर्वसांसद रहेकी संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्व सञ्चालक कृष्ण गुरुङले धरौटी बुझाएर रिहा भए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश इजलासले मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाएर रिहा भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेसँग ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालसँग १५ लाख र लिला पछाईंलाई ३७ लाख रुपैयाँ धरौटी माग भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.