बिहिबारदेखि पोखरा महोत्सव हुँदै

पोखरा

पोखरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंहचौरमा १३ औं संस्करणको पोखरा महोत्सव हुन लागेको हो ।

युनाइटेड क्लब पोखराले नदीको संरक्षणसंगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा सघाउन महोत्सव गर्दै आइरहेको छ । यो वर्षदेखि छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गरेको युनाइटेड क्लबका महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।

सुनारका अनुुसार पोखरा–२७ अर्चलेमा युनाईटेड छात्रावासको शिलन्यास भइसकेको छ । पोखरा महोत्सवको आम्दानीबाट निर्माण थाल्ने उनको भनाइ थियो । महोत्सवको आम्दानीबाट पोखरा आसपासका १९ सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको सुनारले जानकारी दिए ।

१२ दिनसम्म चल्ने महोत्सवमा २५८ स्टल रहेका छन् । साढे २ लाख दर्शकले महोत्सव अवलकोन गर्ने जनाइएको छ ।

कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ डो¥याउने आयोजकको दाबी छ ।

महोत्सवमा औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवम जानकारी रहनेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.