मंसिर १८ गते माओवादी शुक्लागण्डकीको अधिवेशन, खबरदारी सभा गर्ने

तनहुँ
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी तेस्रो नगर सम्मलेनको तयारीमा जुटेको छ । मंसिर १८ गते शुक्लागण्डकी नगर कमिटीले तेस्रो सम्मेलनसँगै खबरदारी सभा गर्नेगरी तयारीमा जुटेको हो ।

वर्तमान नगर कमिटीलाई आयोजक समितिमा रुपान्तरणसमेत गरिएको छ । मंसिर १५ गतेभित्र वडाको सम्मेलनसँगै खबरदारी सभा सम्पन्न गर्ने कार्यतालिका रहेको नगर कमिटीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार १४ र १५ गते ६÷६ वटा वडाको सम्मेलन हुनेछ । १३ गतेसम्म पार्टी सदस्यता नविकरणको काम हुनेछ ।

‘शुक्लागण्डकीमा माओवादी केन्द्रलाई कसरी पहिलो शक्ति बनाउन सक्छौं ? जनताको समस्याहरु, आकंक्षाहरुलाई पूरा गर्दै संगठन विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयका साथ तेस्रो नगर सम्मेलन गर्दैछौं’, अध्यक्ष गुरुङले भने ।

सम्मेलनको उद्घाटनसहितको खबरदारी सभालाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजाी श्रेष्ठले सम्बोधन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेका शुसासनका कामलाई वर्तमान सरकारले निरन्तरता नदिएकाले खबरदारी सभा सहितको सम्मेलन गर्न लागिएको प्रदेश सदस्यसमेत रहेका शुक्लागण्डकीका इञ्चार्ज खुमबहादुर विक (राजु) ले बताए । ‘विकास, समृद्धिका कुरा नारामा मात्रै सीमित गर्ने जो परिपाटी विकास भएको थियो साँच्चिकै जनताले थाहा पाउने गरी अघिल्लो सरकारले गरेका धेरै महत्वपूर्ण निर्णयहरु थियो’, उनी भन्छन्, ‘रातारात सरकार परिवर्तन भइसकेपछि अहिलेको सरकारले के गरिराखेको छ त केन्द्रमा भन्ने धेरै विषयहरु उठिरहेका छन् । त्यस कारणले खबरदारी सभा गर्दैछौं ।’

उनले शुक्लागण्डकी नगरपालिकामा पनि निर्वाचनका बेला नेपाली कांग्रेससँग तयार भएका साझा एजेन्डाहरु कार्यन्वयन नभएको बताए । अब काम नभए चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.