तनहुँको नयाँपुलमा दुई बस ठोक्किए, एकको मृत्यु, ३० जना घाइते

दुलेगौंडा

पृथ्वी राजमार्गको तनहुँ खण्डमा बस दुर्घटना भएको छ । बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारा घुम्तीमा दुई यात्रुवहाक बस ठोक्किएर दुर्घटना भएको हो ।

काठमाडौंबाट पोखरा आउदै गरेको गण्डकी जिएए ००७० नम्बरको बस र पोखराबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठोक्क्दिा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।

मृत्यु हुनेमा गण्डकी जिएए ००७० नम्बरको बसको चालक तनहुँको ऋषिङपाटन घर भइ पोखराको चाउथे बस्ने ३९ बर्षीय रामबहादुर परीयार रहेका छन् । उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेको उद्धार गरेर डुम्रेमा रहेको मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.