तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिकामा जेन–जी प्रदर्शनका क्रममा आगलागी भइ पूर्ण रुपमा क्षति भएका वडाले असोज ५ गतेदेखि सेवा दिने भएका छन् । क्षतिग्रस्त वडाले वैकल्पिक स्थानबाट सेवा दिन लागेका हुन् ।
बिहीबार बसेको नगर कार्यपालिका बैठकले आवश्यक सामाग्री व्यवस्थापन गरेर वैकल्पिक स्थानबाट सेवा दिने निर्णय गरेको उपमेयर खुमबहादुर विक ‘राजु’ ले बताए । सेवाप्रवाहमा अत्यावश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउने उनको भनाइ छ । केही वडालाई नागरिकस्तरबाटै पनि सहयोग आउन थालेको छ ।
जेनी–जी प्रदर्शनकारीले शुक्लागण्डकीका १२ मध्य ८ वटा वडा कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । वडा नम्बर २, ५, ६, ७, ८, ९ र १० जलेर पूर्ण रुपमा क्षति भएका छन् । नगरपालिकाको कार्यालयसँगै रहेको वडा नम्बर ४ को कार्यालयमा पनि तोडफोडसँगै चोरी भएको छ ।
नगरपालिकाको २ वटा चारपांग्रे सवारी र ११ वटा मोटरसाइकल स्कुटर आगो लगाएर प्रदर्शनकारीले जलाएका छन् । तनहुँमा वडा कार्यालयमौ तोडफोड भएको शुक्लागण्डकीमा मात्रै हो । तनहुँका १० पालिकामध्य व्यास र शुक्लागण्डकी नगरपालिको कार्यालयमा आगजनी भएको छ ।