कास्कीमा राष्ट्रिय परिचयपत्र दर्ता सेवा सुचारु हुदै

पोखरा

जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा पनि सुचारु गर्ने भएको छ । शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सुचारु गर्न लागेको हो ।

कास्की जिल्लामा स्थायी बसोबास भएका नागरिकका लागि मात्रै इलाका प्रशासन कार्यालय लेखनाथमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताको व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । इलाका प्रशासन कार्यालयमै दर्ता भएर प्रिन्ट भइ आएका परिचयपत्रको पनि शुक्रबारदेखि वितरण थाल्ने उनको भनाइ छ । तर, नजलेका परिचयपत्र मात्रै वितरण हुनेछ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा अभियानमार्फत संकलन गरिएको राष्ट्रिय परिचयपत्रको विवरणको कार्ड प्रिन्ट भएकाको पनि पछि वितरण गरिने प्रशासनले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कास्की पनि आगजनी गरेका थिए । आगजनीपछि सबै सेवा रोकिएको थियो । भदौ २७ गतेदेखि सरसफाइ थालेर खरानी पन्छाएर त्यसको दुई दिनपछि मुद्वा, शान्ति सुरक्षा र विपद्का सेवा दिन थाल्यो । दैनिक प्रशासनिक सेवा दिदै आएको प्रशासनले पूर्ववत् अवस्थामै सबै सेवा दिनलाई अझै समय लाग्ने देखिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.