तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल सरुवा भएको हो ।
बुधबार प्रहरी प्रधान कार्यालयले थापासहित ९० जनाको सरुवा गरेको छ । अब तनहुँमा डिएसपी श्रवणकुमार विक आउनेछन् । उनी हाल कास्कीको इलाका प्रहरी कार्यालय डाँडाकोनाकमा कार्यरत छन् ।
विकले इन्सपेक्टर हुँदा इलाका प्रहरी कार्यालय बेचचौताराको कमान्ड सम्हालेका थिए ।