जलेको वडा कार्यालयलाई डिजी लिंकको कम्प्युटर सहयोग

दुलेगौंडा

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ को कार्यालयलाई डिजी लिंक नेटवर्क प्रालिले कम्प्युटर सेट सहयोग गरेको छ । जेन–जी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर ध्वस्त बनाइदिएको वडा कार्यालयलाई सेवा सुचारु गर्नका लागि डिजी लिंकले कम्प्युटर सेट सहयोग गरेको हो ।

आइतबार डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले शुक्लागण्डकी–९ का वडाध्यक्ष धनबहादुर थापा ‘बाबुराम’ लाई सिपीयू, मनिटर, किबोर्ड, माउससहितको १ थान कम्पयुटर हस्तानतरण गरे ।

सामाजिक उत्तरदायित्व वहन गर्दै कम्युटर सहयोग गरेको वाग्लेको भनाइ छ । वडाबाट सेवा प्रवाह गर्ने कम्प्युटर जलेर नष्ट भएकाले सुचारु गर्नलाई कम्प्युटर दिएको उनले बताए । ‘देशभरका सरकारी संरचना प्रदर्शनकारीले जलाएर खरानी बनाएका छन् । हामी पूर्ववत् अवस्थामै फर्कनुपर्नेछ । त्यसका लागि हरेक नागरिकले सकेको सहयोग गर्नुपर्ने ठानेका छौं’, वाग्लेले भने ।

सबैको सहयोगबाट नै सहज रुपमा जनतालाई सेवा दिने प्रयासमा रहेको वडाध्यक्ष थापाले बताए । वडा कार्यालय जलेर ध्वस्त भएकाले नयाँ ठाउँबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.