दुलेगौंडा
लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा रहेको हंशवाहिनी माविको रंगरोगन गरिदिएको छ ।
लायन्स इन्टरनेशनलको एलसिआइएफ अन्तर्गत प्राप्त सेवा अनुदानले विद्यालयको रंगरोगन गरेको हो ।
लियो जिल्ला परिषद् ३२५ एम नेपालले आवेदन दिएर ४ हजार ८०० डलर अनुदान प्राप्त गरेको थियो ।
विद्यालयको रंगरोगन तथा मर्मतमा उक्त अनुदान खर्च गरिएको लियो जिल्ला परिषद् ३२५ एम नेपालका अध्यक्ष प्रेमराज तिवारीले जानकारी दिए ।
विद्यालयसँग आर्थिक स्रोतको अभावले बर्षौदेखि रंगरोगन गर्न नसकिएको प्रधानाध्याक कविराज खनालले बताए । उनका अनुसार रंगरोगन खुइलिएर पहिला विद्यालय जीर्ण जस्तै देखिन्थ्यो ।
लियो क्लबको अग्रसरतामा शुक्लागण्डकीमा रहेका लायन्स क्लबहरुले समेत सहयोग गरेर रंगरोगन गरेपछि हंशवाहिनीले रुप फेरर चिरिच्याँट्ट बनेको छ ।