पोखरा
वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् । नवौं संस्करणको पोखरा स्पोर्टस अवार्डमामा भलिबलका शाही र अधिकारीले बर्ष खेलाडी घोषित भएका हुन् । बर्ष खेलाडी अरुणा र विश्वासले टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको अवार्ड समारोहमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्ष खेलाडी घोषित भइन् । यो विधामा अरुणासँगै आइटिएफ तेक्वान्दो÷मुवाथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ मनोनयमा परेका थिए ।
पुरुषतर्फ बर्ष खेलाडी घोषित विश्वास अधिकारी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरेका थिए । मिडल ब्लकरको भूमिकामा उनी खेल्छन् । बर्ष खेलाडी पुरुषतर्फ ुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पनि मनोनयनमा अटाएका थिए ।
उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरीले प्राप्त गरेकी छन् । उदीमान खेलाडीको मनोनयनमा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत अटाएका थिए ।
टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका राजेन्द्र तामाङले जिते ।
उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥यो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए । उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, खेल संस्था र पत्रकारले ३५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन् ।
मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो ।
मञ्चले खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस अवार्ड वितरण गर्दै आइरहेको छ ।