२८ बजार मेला हुँदै, पुरुष भलिबलको विजेताले १ लाख पाउने

दुलेगौंडा

पुसको अन्तिम साता २८ बजार मेला हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडामा बराहडाँडा युवा क्लब र बराहडाँडा टोल विकास संस्थाले मेलाको आयोजना गरेको हो ।


बाराही प्राविको ५० औं बार्षिकोत्सवको अवसरमा पुस २६ गतेदेखि २९ गतेसम्म बराहडाँडास्थित बाराही प्राविको खेलमैदानमा मेला हुनेछ ।
मेलामा भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने क्लबका अध्यक्ष शिव गुरुङले जानकारी दिए ।


स्वस्थ जीवनका लागि खेलकुद, सभ्य समाज निर्माणका लागि युवा परिचालन नाराका साथ भलिबल प्रतियोगिता आयोजना गरिएको उनले बताए । पुरुषतर्फ साविक वडास्तरीय र महिलातर्फ खुला क्बलस्तरीय प्रतियोगिता हुनेछ ।


पुरुषतर्फको विजेताले १ लाख रुपैयाँ, शिल्ड, मेडल प्राप्त गर्ने खेल संयोजक खेम गुरुङले जानकारी दिए । उनका अनुुसार उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनलको उपविजेताले १०÷१० हजार रुपैयाँका दरले पाउनेछन् । २० टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ ।
महिलातर्फ विजेताले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल प्राप्त गर्दा उपविजेताले १५ हजार रुपैयाँ हात पार्नेछन् ।


विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ टिम दर्ता शुल्क सात हजार रुपैयाँ तोकिएको छ भने महिलातर्फ दर्ता शुल्क लाग्ने छैन ।


प्रतियोगिता सञ्चालन गर्नलाई ६ लाख रुपैयाँ लाग्ने अनुमान गरेको बराहडाँडा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका खेलका सहसंयोजक जमानसिं गुरुङले बताए । गाउँ तहबाटै नयाँ प्रतिभावान् खेलाडीको पहिचान गरेर राष्ट्रियस्तरमा पु¥याउने उदेश्य रहेको उनको भनाइ छ ।
साँस्कृतिक कार्यक्रमतर्फ मौलिक नृत्यसँगै स्थानीय कला संस्कृतिको प्रदर्शनी गरिनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.