तनहुँ खबर

महिलाको आर्थिक अवस्था सुधार गर्न झोल सर्फ बनाउने तालिम

दुलेगौडा आरम्भ चौतारी लघुबित्त सस्थाले यस क्षेत्रका ४० महिला सदस्यलाई झोल सर्फ बनाउने तालिम प्रदान गरेको

सस्थालेआफ्ना सदस्यहरुको आर्थिक अवस्था सुधार गर्नुका साथै महिलाहरुलाई आत्मनिर्भर बनाउन बुधवार तालिम प्रदान गरेको हो दुलेगौडास्थित मयुर होटेलमा आयोजना गरिएको बित्तीय साक्षरता सहितको तालिमको शुक्लागण्डकी नगरपालिका का वडाध्यक्ष नारायणसिङ थापाले उद्धाटन गरे वडाध्यक्ष थापाले तालिम प्रभावकारी हुनुपर्ने सिकेका सिपलाई व्यबहारमा परिणत गर्नु पर्ने बताए

सस्थाका गण्डकी प्रदेश प्रमुख टोपबहादुर रास्कोटीले बित्तीय सस्थाले नागरिकको जिवनमा सकरात्मक सहयोग पुर्याउन भुमिका खेलेकोदावी गरे

कार्यक्रममा उन्नती कृषी सहकारी सस्थाका प्रबन्धक कोमल बहादुर बानिया, आरम्भ चौतारी लघुबित्त सस्था ढोरफिर्दीशाखाका प्रमुख प्रेम नारायण पौडेलले देशमा आर्थिक मन्दि देखिएको वर्तमान अवस्थामा यस्ता तालिम महत्वपुर्ण रहेको बताए उनिहरुले तालिममा सहभागी सदस्यहरुले उत्पादन गरेको सामाग्री को बजारीकरण गर्न स्थानीय सरकारले पहल गरिदिनु पर्नेमा जोडदिएका थिए

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!