विदेशी भूमिमा जुर्मुराएका कलाकारहरुको ‘खै कुन्नी ?’

मिलन विश्वकर्मा/कतार । रोजगारीका लागि कतार आएका नेपाली कलाकारहरुको आवाज, अभिनय तथा सिर्जना समेटिएको गित ‘खै कुन्नी ?’ सार्वजनिक भएको छ ।

हरि थापाको शब्द, संगित र आवाज रहेको  यो गित पछिल्लो समयकी चर्चित नेपाली गायिका एलिना चौहानको समेत स्वर सुन्न सकिन्छ । रोजगारीका लागि विदेश पुगेका कलाकारहरुको समुहले यो गितको म्यूजिक भिडियो तयार पारेका हुन् ।

कतारका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको गितमा अर्जुन कुमार र अम्विका केसीको अभिनय देख्न सकिन्छ । कोशेली फिल्स युट्युव च्यानल बाट सार्वजनिक भएको गितको म्युजिक भिडियो अमिल बराईलीले निर्देशन, भविन तामाङले छायाङ्क, र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

भिडियो :

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.