आँबुखैरेनी । तनहुँमा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।
शनिबार राति २ बजेको समयमा घरमा चट्याङ पर्दा जिल्लाको आँबुखैरेनी गाउँपालिका ५ खाल्टेपानीका २० बर्षीय पृतम गुरुङको मृत्यु भएको हो ।
एक तल्ले कच्ची घरको कोठामा सुतिरहेको अवस्थामा चट्याङ लागेर गुरुङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box