तनहुँ खबर

रास्वपाको आज पहिलो स्थापना दिवस : जिल्ला जिल्लामा घण्टी बनाउन आग्रह

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवस । पहिलो स्थापना दिवसका अवसरमा पार्टीले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । स्थापनाको छोटो समयमा नै अपत्यारिलो सफलता हासिल गरेको रास्वपा अहिले देशबासीको प्रमुख आशाा गरिएको पार्टीको रुपमा स्थापित छ । स्थापना दिवसकै अवसरमा सभापति रवि लमिछानले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक घण्टी बजाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले पार्टी स्थापनाका दिन देखि जोडिएर आजसम्म जोडिदै गरेका सम्पुर्णलाई सम्झन चाहेको उल्लेख गरेका छन् । सञ्चार क्षेत्र छोडेर राजनीतिमा होमिएका लामिछानेले भनेका छन्ः

इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। “होइन,छैन, सकिदैन” मात्र होइन “हो,छ र सकिन्छ” भन्दै अघि बड्नु पर्छ। आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो,कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, ल्भध द्दद्ध र न्बबिहथ टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु।”अघि बढी रहु, म साथमा छु” भनेर घरबाटै हिम्मत दिने अर्धाङिनी Nekita Poudel Lamichhane  लाई सम्झन चाहन्छु। आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं।

रास्वपाले आज स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने काठमाडौं बालाजुस्थित कन्द्रीय कार्यालयमा दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको बताइएको छ । गत वर्ष २०७९ असार ७ गते रास्वपा गठन भएको थियो । स्थापनाको पहिलो वर्ष नै २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचन भाग लिएको रास्वापाले प्रत्यक्ष र समानुपातिक र २०८० मा भएको उपचुनावमा गरी २१ सिट जितेको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!