तनहुँ खबर

अध्ययन केन्द्र बन्दै शुक्लागण्डकीको ‘सेवा प्रवाह सहायकता केन्द्र’

दुलेगौडा । तनहुँको एक स्थानीय तहले सेवाग्राहीलाई सुविधा दिन सञ्चालनमा ल्याएको ‘सेवा प्रवाह सहायत केन्द्र’ देश तथा विदेशका सरकारी कार्यालयको लागि समेत अध्ययन केन्द्रको रुपमा परिणत हुन थालेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको सेवा केन्द्रको अध्ययन गर्न मंगलबार पाकिस्तानबाट एक टोली नै नगरपालिकामा आएको थियो । बलुचिस्तान प्रान्तमा सञ्चालित ब्रेस प्रोग्रामका प्रतिनिधीहरुले केन्द्र सञ्चालनको अध्ययन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्भव न्यौपानेले जानकारी दिए । पाकिस्तानी प्रतिनिधीहरुले नगरपालिका मार्फत समुदायमा आधारित संस्थाहरुको पारेको प्रभावका बारेमा समेत जिज्ञासा राखेका थिए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको सहायता केन्द्रको अध्ययन गर्नका लागि देशका विभिन्न नगरपालिका तथा गाउँपालिका प्रतिनिधीहरु शुक्लागण्डकी नगरपालिकामा आउने गरेको नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले जानकारी दिए । उनका अनुसार पाल्पा, नवलपरासी, काठमाण्डौ लगायतका जिल्लाका स्थानीय तहले समेत नगरपालिकामै आएर अवलोकन तथा सञ्चालन विधिबारे जानकारी लिएका थिए । लम्सालले सहायता केन्द्रको बारेमा देशभरका कर्मचारीलाई जानकारी दिने उदेश्यसहित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले समेत प्रशिक्षण दिएको बताए ।

नगरपालिकामा सेवाग्राहीहरुलाई स्तरीय सेवा दिन मुल प्रवेशद्धारसँगै सहायकता कक्षा स्थापना गरेको छ । सेवाग्राहीको कामका लागि कर्मचारीले आवश्यक पर्ने कागजात बुझेर काम सम्पन्न गरिदिने गर्दछन् । सेवा केन्द्रमा राखिएको आराम कक्षमा बस्ने सेवाग्राहीलाई काम सकेर दिएपश्चात नगरपालिकाको सेवाका बारेमा सुझाव लिन टोकन प्रदान गरिने गरेका छ । बाहिदै गर्दा उक्त टोकन प्रतिक्रियाको रुपमा बाकसमा खसाल्ने र सोही टोकनको आधारमा सेवालाई अझ ब्यवस्थित गर्दै लैजान छलफल गरिने गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!