भिमाद । तनहुँ प्राविधिक शिक्षालय भिमादमा कृषि उत्पादनमा युवा स्वयमसेवक विकास तथा परिचालन बिषयक तीन दिने कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय युवा परिषदको आयोजना र तनहुँ प्राविधिक शिक्षालयको सहकार्यमा सोमबारसम्म कार्यक्रम भिमादमा सञ्चालन गरिएको थियो । शिक्षालयका प्रशिक्षार्थीहरुलाई एक दिन गड्यौला मल बनाउने प्रविधि, बेर्ना उत्पादन प्रविधि, खनिज ढिक्का बनाउने तरिका तथा करेसाबारी सम्बन्धि प्राविधिक सिपको सिकाएको प्रशिक्षक प्रदिपराज पौडेलले जानकारी दिए ।
पौडेलले तालिममा सिकेको प्राविधिक सिप भिमाद नगरपालिका वडा नं ३ को जलौदी, वडा नं ५ को अठाइस तथा साउने र वडा नं ६ को बागटार टोलका ८० जना कृषक समेत देखाइएको बताए । समापन कार्यक्रममा सहभागि भएकाहरुले प्राविधिक शिक्षा आयआर्जन मुलक र व्यवसायिक हुनुपर्नेमा जोड दिए । शिक्षालयमार्फत प्रशिक्षार्थीले सिक्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरुको भनाई थियो ।